काठमाडौं । तथ्याङ्कले वैदेशिक रोजगारीमा मुलुककै सबैभन्दा बढी श्रमशक्ति पठाउने जिल्ला धनुषा रहेको देखाएको छ । नेपाल राष्ट्र बैंकले गत बुधबार जारी गरेको मधेश प्रदेशको अर्धवार्षिक आर्थिक अध्ययन प्रतिवेदनमा यस्तो देखिएको हो ।
मधेश प्रदेशबाट वैदेशिक रोजगारीको लागि ठूलो संख्यामा श्रमिकहरू विदेश गएका छन । वैदेशिक रोजगारीमा जाने कामदारको सङ्ख्या उल्लेख्य रहेतापनि अदक्ष कामदारको संख्या अधिक रहेकोले यसबाट राम्रो आम्दानी गर्न भने सकेको देखिँदैन ।
आर्थिक वर्ष २०७८/७९ को पुस महिनासम्ममा मधेश प्रदेशबाट श्रम स्वीकृति लिनेको संख्या ८४ हजार ८०० सय आठ रहेको छ । यो संख्या वाह्य रोजगारीका लागि मुलुकभरिबाट श्रम स्वीकृति लिने संख्याको २८.५५ प्रतिशत हो ।
मधेश प्रदेशबाट वैदेशिक रोजगारीमा गएका कामदारहरू मध्ये सबै भन्दा बढी कामदार कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरब, कुवेत र मलेसियामा कार्यरत छन् ।
Comment