काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै संसदीय छानबिनलाई सहयोग गर्न राजीनामा दिएको घोषणा गरेका हुन । उनले आफूले गल्ती नगरेको भन्दै तथ्यमा गइदिन नागरिक समाजलाई पनि आग्रह गरे ।
आगामी आर्थिक बर्षको बजेट निमार्णको क्रममा अनधिकृत व्यक्ति अर्थ मन्त्रालयमा प्रवेश गरी करका दर हरफेर गरेको बिषयमा आलोचना खेपिरहेका अर्थमन्त्री शर्माले अन्तत राजिनामा दिएका हुन् ।
‘एउटा संसदीय छानबिन मात्र होइन, म हजारौं छानबिनका लागि तयार छु’, उनले भने, ‘छानबिनका लागि मैले मार्गप्रशस्त आफ्नो पदबाट राजीनामा दिएको घोषणा गर्छु ।’बजेट निर्माणका बेला आफूले कुनै गल्ती नगरेको उनको दाबी छ । विगतमा अर्थमन्त्रीमाथि प्रश्न उठेर छानबिन हुँदा राजीनामा नदिएको भन्दै शर्माले अघि भने, मैले गल्ती गरेको छैन, तपाईंहरुको आवाजलाई सम्मान गर्दै राजीनामा दिएको छु ।
Comment