भारतीय दूतावास भित्र सुरक्षाकर्मीले आफैले हानेको गोली लागि निधन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

भारतीय दूतावास भित्र सुरक्षाकर्मीले आफैले हानेको गोली लागि निधन



काठमाडौं । काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासमा कार्यरत एक सुरक्षाकर्मीले आफैंलाई गोली हानेका छन् । दूतावास स्रोतका अनुसार ३२ वर्षीय दीपक सिंह नाम गरेका ती सुरक्षाकर्मीले आफैलाई गोली हान्दा निधन भएको हाे ।

यस घटनाबारे भारतीय पक्षले आफैं छानविन गर्ने प्रहरीले जानकारी दिएको छ । अहिले मृतकको शव पोर्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ ।

प्रकाशित : २० असार २०७९, सोमबार १६:२०