वार्षिक विवरण नवीकरण नगरेका फर्म र कम्पनीले ५ प्रतिशत मात्रै बुझाएमा बाकी सबै जरिवाना छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

वार्षिक विवरण नवीकरण नगरेका फर्म र कम्पनीले ५ प्रतिशत मात्रै बुझाएमा बाकी सबै जरिवाना छुट



काठमाडौं । कम्पनी रजिस्ट्रारको कार्यालयले वार्षिक विवरण नबुझाएका वा नवीकरण नगरेका फर्म, कम्पनीले ५ प्रतिशत मात्रै बुझाएमा बाकी सबै जरिवाना छुट दिने व्यवस्था गरेको छ। कार्यलयले गत जेठ २५ गते गरेको निर्णय अनुुसार फर्म तथा कम्पनीले आगामी पुस मसान्तभित्र विवरण र जरिवाना तथा शुल्कको पाँच प्रतिशत मात्रै बुझाए सबै जरिवाना माफी हुने व्यबस्था कार्यन्वयन गरेको हो ।

कार्यलयले एक सुचना जारी गदै कम्पनी ऐन २०६३ बमोजिम दर्ता भएका फर्म तथा कम्पनीले २०७६/७७ सम्मको वार्षिक विवरण नबुझाएका वा नवीकरण नगरेका भए उनीहरूले त्यस बापत लाग्ने जरिवानाको पाँच प्रतिशत मात्रै बुझाए सबै जरिवाना छुट हुने छ। आर्थिक ऐन २०७९ को दफा २४ ले उक्त सुबिधा दिएको कारण उक्त छुट हुने जनाएको छ।

प्रकाशित : १९ असार २०७९, आईतवार १३:५०