हकप्रद सेयर निष्कासनका लागि वरुण हाइड्रोपावरले पायो बोर्डको अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

हकप्रद सेयर निष्कासनका लागि वरुण हाइड्रोपावरले पायो बोर्डको अनुमति



काठमाडौं । वरुण हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले बरुणलाई १ः१ अनुपातमा २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो ।

कम्पनीले हाल कायम २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँ चुक्ता पुँजीमा शतप्रतिशत हकप्रद बिक्री गर्न लागेको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटल रहेको छ ।

प्रकाशित : १५ असार २०७९, बुधबार १४:१६