६ कम्पनीले पाए संस्थागत लगानीकर्ताको रुपमा काम गर्ने अनुमति (सूचिसहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

६ कम्पनीले पाए संस्थागत लगानीकर्ताको रुपमा काम गर्ने अनुमति (सूचिसहित)



काठमाडौं । नेपाल धितोपत्र बोर्डले योग्य संस्थागत लगानीकर्ताको रुपमा काम गर्न थप संस्थालाई स्वीकृत दिएको छ । बोर्डले असार १४ गते थप ६ वटा नयाँ कम्पनी थपेर योग्य संस्थागत लगानीकर्ताको सूची सार्वजनिक गरेको हो ।

बोर्डले गौरव नेपाल इन्भेष्टमेन्ट,नविल ब्यालेन्सड् फण्ड ३, पशुपति भेन्चर क्यापिटल, समृद्धि फाइनान्स, कामना सेवा विकास बैंक र सिद्धार्थ व्यवस्थित लगानी योजनालाई संस्थागत लगानीकर्ताको रुपमा काम गर्न अनुमति दिएको हो ।

योसँगै संस्थागत लगानीकर्ताको रुपमा काम गर्न पाउने योग्य संस्थाको संख्या १०६ वटा पुगेको छ ।

प्रकाशित : १५ असार २०७९, बुधबार १३:५०