आदर्श लघुवित्तको आईपिओ सोमबार बाँडफाँड हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

आदर्श लघुवित्तको आईपिओ सोमबार बाँडफाँड हुने



काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपिओ सोमबार बिहान मात्र बाँडफाँड हुने भएको छ । बिक्रि प्रबन्धक बिओके क्यापिटलले सोमबार बिहान ९ बजे क्यापिटल कै कार्यालयमा आईपिओ बाँडफाँड गर्न लागेको हो ।

कम्पनीको आईपिओमा माग भन्दा ३२१ गुणा बढीको आवेदन परेको छ । आईपिओमा आवेदन दिने अन्तिम दिनसम्मको प्रारम्भिक विवरण अनुसार कम्पनीको आईपिओमा १७ लाख ९६ हजार ६ सय ८४ जना आवेदकबाट २ करोड १ लाख ४२ हजार ६ सय १० कित्ताको लागि आवेदन परेको हो । यो माग गरिए भन्दा ३२१.६८ गुणा बढी हो ।

माग भन्दा बढी आवेदन परेकोले कम्पनीको आईपिओ गोलाप्रथा बाट बाँडफाँड हुने छ । जसबाट ६ हजार २ सय ६१ जनाले मात्र शेयर पाउने छन् । ६ हजार २ सय ६१ जना मध्ये ५ जनाले ११ कित्ता शेयर पाउने छन् भने बाँकिले १० कित्ता शेयर पाउने छन्। यस हिसाबमा आवेदन दिएका मध्ये १७ लाख बढी आवेदन हात खाली हुने छन् ।

कम्पनीले असार १ गतेदेखि असार ५ गते सम्म ६७ लाख बराबरको जम्मा ६७ हजार कित्ता शेयर सर्वसाधारणको निमित्त निष्काशन गरेको हो । जस मध्ये १ हजार ३५ कित्ता कम्पनीको कर्मचारीको लागि सुरक्षित गरिएको थियो, भने ३ हजार ३ सय ५० कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो । बाँकी रहेको ६२ हजार ६ सय १५ कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका हुन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १००० कित्ताको लागि दिन सकिने ब्यबस्था थियो ।

हाल कम्पनीको चुक्ता पुँजी १ करोड ४० लाख रहेकोमा आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी २ करोड ७ लाख पुग्ने छ ।

प्रकाशित : १२ असार २०७९, आईतवार १६:२९