सुनको मुल्य बढ्यो, कति पुग्यो तोलाकाे ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य बढ्यो, कति पुग्यो तोलाकाे ?



काठमाडौं । सोमबार सुनको मूल्यमा बृद्धि भएको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ कायम भएकोमा सोमबार तोलामा २ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ९७ हजार ७ सय रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ कायम भएको छ ।

साथै, आइतबार चाँदीको मूल्य प्रतितोला १२ सय ६५ रुपैयाँ कायम भएकोमा सोमबार पनि सोही मूल्य कायम भएको छ ।

प्रकाशित : ६ असार २०७९, सोमबार ११:२८