करको दररेटमा कुनै राष्ट्रघात भएको छैनः अर्थमन्त्री शर्मा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

करको दररेटमा कुनै राष्ट्रघात भएको छैनः अर्थमन्त्री शर्मा



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कर, राजश्व र भन्सार दर परिवर्तन प्रक्रियाअनुसार नै गरिएको र यसमा कुनै राष्ट्रघात नभएको बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरूले अर्थमन्त्रालयका लागि विनियोजित बजेटमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिदै उनले यस्तो बताएका हुन् ।

उनले सचिवहरू र विभागीय प्रमुखको समितिले नै राजश्वका दर तय गरिएको र त्योअनुसार भएका दररेटप्रति म पूर्ण जवाफदेही रहेको बताएका छन् । त्यसमा काहि राष्ट्रघात गद्दारी भएको छ भने त्यसको पूर्ण जिम्मेवारी लिन आफु तयार रहेको बताएका छन् ।

डलरको सञ्चिति, आयात र उत्पादनलाई समेत ध्यानमा राखेर दरहरु परिवर्तन गरिएको उनले दावी गरे ।

त्यसैगरी उनले बजेट आउने अघिल्लो रात अनाधिकृत व्यक्ति छिरेर करका दरमा हेरफेर गरेको आरोपबारे संसदमा स्पष्ट पार्दै बजेटको अघिल्लो दिन आफू साढे ११ बजेदेखि पौने १२ बजेको बीचमा पुल्चोक गएर आराम गरेको र बिहान ६ बजे मन्त्रालय आएको यसमा मन्त्रालयमा को आउँछ, जान्छ, आफूलाई थाहा नहुने समेत बताए ।

प्रकाशित : २ असार २०७९, बिहीबार १४:३४