सुनको मुल्य तोलामा ८ सय रुपैंयाले बृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य तोलामा ८ सय रुपैंयाले बृद्धि



काठमाडौं । बिहिबार छापावाल सुनको मुल्य तोलामा ८०० सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ५०० सय रुपैयाँ कायम भएकोमा बिहिबार ८०० सय रुपैयाँले बढेर प्रतितोला ९७ हजार ३०० सय रुपैयाँ कायम भएको हो ।

त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ८०० सय रुपैयाँ कायम भएको छ । साथै, चाँदीको मुल्य पनि बिहिबार बढेको छ । अघिल्लो दिन १२४५ रुपैंयामा कारोबार भएको चाँदी बिहिबार प्रतितोला १२६५ रुपैयामा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित : २ असार २०७९, बिहीबार ११:२७