अर्थ मन्त्रालयको निर्णयलाई संञ्चार मन्त्रालयले कोल्याप्स हान्यो: सांसद बास्कोटा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

अर्थ मन्त्रालयको निर्णयलाई संञ्चार मन्त्रालयले कोल्याप्स हान्यो: सांसद बास्कोटा



काठमाडौं । सांसद गोकुल बास्कोटाले आगामी बर्षको बजेटले यो बर्ष कुनैपनि सरकारी निकायमा नयाँ सवारी साधन खरिद गरिने छैन भनिएको छ । तर संञ्चारमन्त्रालयले आफ्नो विनियोजन शिर्षकमा पहिलो नंवरमा ४ वटा मोटरसाईकल र ७ वटा स्कुटर किन्ने भनेर उल्लेख गरेको बताएको छन् । प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा सांसद बास्कोटाले खर्च कटौतिको प्रस्तावमा भाग लिदै यो विषयमा कि संञ्चार मन्त्रि झुटो हो कि अर्थमन्त्रालय झुटो रहेको बताएका हुन् ।

उनले खर्च कटौति किन गर्नु परेको भन्ने बिषयमा अरु बताईरहन नपर्ने बताएका छन् । अर्थमन्त्रालयको निर्णयलाई संञ्चारमन्त्रालयले कोल्याप्स हानेको उनको भनाई छ । यस्ता व्यतिथि धेरै ठाउँमा देखिएकोले गर्दा नितिगत रुपमा जे नहुनुपर्ने त्यो देखिएको र प्राथमिकता दिनुपर्ने केहि नदेखिएको उल्लेख गरे । उनले गतबर्षको बजेटले पेस गरेको डिजिटलाईजेसन गर्ने कुरा कहाँ पुग्यो जुन विश्व बैंकले समेत २० औ अर्ब लगानी गरेको छ भन्ने कुराको पनि खुलासा गरेका छन् ।

त्यसैगरी जिडिपीमा अरु देशको आईसिटि लगाएतका सबै कुरा राम्रो रहेको र नेपालको पुर्वधार देखि हुलाक सुनसम्म केहि पुरा नभएको गुनासो व्यक्त गरे । आफुहरुले १२ वटा कानुन तर्जुमा गरि पेश गरेको जस उपर कुनै छलफल नभएको पनि व्यक्त गरे । उनले संञ्चारमन्त्रालयलाई घुम्ती शिविरका लागि भनेर बजेट छुट्टाईएको छ जसलाई बरु दारु शिविर राखे हुने भन्दै आक्रोश व्यक्त गरे ।

प्रकाशित : २५ जेष्ठ २०७९, बुधबार १४:०८