महँगा विद्युतीय गाडीको मात्र भन्सार महसुल बढाएको हो: अर्थमन्त्री शर्मा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

महँगा विद्युतीय गाडीको मात्र भन्सार महसुल बढाएको हो: अर्थमन्त्री शर्मा



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले महँगा विद्युतीय गाडीको भन्सार महसुल बढाएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा जवाफ दिँदै अर्थमन्त्री शर्माले सबैखाले गाडीमा भन्सार महसुल नलगाएको र केबल महँगा विद्युतीय गाडीको मात्र भन्सार महसुल बढाएको बताएका हुन् ।

केही सम्पन्न वर्गले प्रयोग गर्ने १०० किलोवाट क्षमताभन्दा बढीको विद्युतीय गाडीमा मात्र भन्सार बढाएको उनले बताएका छन् ।

अर्थमन्त्री शर्माले प्रस्तुत गरेको बजेटमा प्रतिकृया जनाउदै सांसदहरुले स्वास्थ्य बीमा कार्यक्रम सामाजिक सुरक्षाको रुपमा सुरुवात गरेको भन्दै बीमा कम्पनीहरुलाई दिन नहुने भन्दै त्यसको विरोध गरेका थिए ।

उनले संसदमा उक्त विषयमा उठेको प्रश्नको जवाफ दिदै उनले भने, स्वास्थ्य बीमालाई जहाको त्यहीबाट संञ्चालन गर्ने हो, बीमा कम्पनीहरुलाई दिन अध्ययन गरिने भनेको हो । अध्ययन गरेर केही बिग्रँदैन ।’सरकारले अगामी आर्थिक वर्षका लागि स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड रूपैयाँ विनियोजन गरेको छ ।

प्रकाशित : २० जेष्ठ २०७९, शुक्रबार १७:३९