बजेट पछि पनि नेप्सेमा पहिराे, ४५.०९ अंककाे गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बजेट पछि पनि नेप्सेमा पहिराे, ४५.०९ अंककाे गिरावट



काठमाडौं । सोमबार नेप्से परिसुचक ओरालो लागेको छ । केही समय देखि त्यति सुधार नभएको शेयर बजार बजेट पछि सुधार आउने आशा गरेको भएपनि खासै उत्साहजनक भने देखिएन ।

सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४५.०९ अंकले घटेर दुई हजार एक सय ७८ दशमलव ६९ विन्दुमा रोकिएको छ । त्यस्तै, आज १ अर्ब ३३ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका ५ कम्पनीको शेयरमूल्य बढेको छ भने १८७ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये पनि बलेफी हाइड्रोको शेयरमूल्य ९.९९ प्रतिशत बढेर सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । यस कम्पनीको शेयरमुल्य प्रतिकित्ता १२४.४० रुपैयाँ पुगेको छ ।

त्यसैगरी, आज नेपाल इन्भेष्टमेन्ट बैंकका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ९.९९ प्रतिशतले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दुरसञ्चार कमपनीको भएको छ । यस कम्पनीको आज ४ करोड ९६ लाख भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : १६ जेष्ठ २०७९, सोमबार १५:३९