सुनचाँदीको मुल्यमा गिरावट, कतिमा भईरहेको छ कारोवार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मुल्यमा गिरावट, कतिमा भईरहेको छ कारोवार ?



काठमाडौं । साताको तेस्रो दिन (मंगलबार) सुनचाँदीको मुल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक हजार ८०० रुपैयाँले घटेर मंगलबार छापावाल सुनको मुल्य प्रतितोला एक लाख ५ सय रुपैंयामा पुगेको हो ।

अघिल्लो दिन (सोमबार) छापावाल सुनको मुल्य प्रतितोला एक लाख दुई हजार ३०० रुपैंयामा कारोवार भएको थियो । साथै, सोमबार तेजावी सुनको मुल्य प्रतितोला एक लाख रुपैंया कायम गरिएको छ।

त्यसैगरी, यता चाँदीको मुल्यमा पनि आज (सोमबार) तोलामा ३५ रुपैंयाले घटेर चाँदी प्रतितोला १३ सय ८० रुपैंयामा कारोवार भएको महासंघले जनाएको छ ।

प्रकाशित : 15 March, 2022 11:34 am