काठमाडाैँ । सरकारले निजी अस्पताल तथा मेडिकल कलेजमा कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात प्रदेशका ३० वटा अस्पतालमा काेभिड – १९ केयर युनिट सम्झैता गरी निःशुल्क उपचार गर्ने भएको हाे ।
साथै मन्त्रालयसँग सम्झौता गरेका ३० अस्पतालहरुले संक्रमितको उपचारको खर्च विवरण स्वास्थ्य मन्त्रालयलाई बुझाउनु पर्ने मन्त्रालयले उल्लेख छ ।
Comment