काठमाडाै । कोरोना रोकथाम तथा नियन्त्रणका लागि काठमाडाैँ उपत्यकामा जारी निषेधाज्ञा आजदेखि थप कडाइ गरिने भएको छ ।
काठमाण्डु, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बसेर त्यसबारे निर्णय लिने तयारी छ । तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरुले शनिबार विभिन्न ठाउँ पुगेर निषेधाज्ञाको अनुगमन गरेका थिए ।
त्यस क्रममा सडकमा सवारी चाप बढी देखिएकाले थप कडाई गर्न लागिएको काठमाण्डुका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए । उनका अनुसार सरकारी कार्यालयका कर्मचारी कटौती गरिने छ भने बैंक तथा वित्तिय संस्थामाथि केही कडाई गरिनेछ ।
हाल निषेधाज्ञाको समयमा बैंक तथा वित्तिय संस्था दिनभर खुलेका छन् । बैंक तथा वित्तिय संस्था आंशिक रुपमा खोल्ने व्यवस्था मिलाउने र अत्यावश्यक सरकारी कार्यालयबाहेक अरु बन्द गर्ने तयारी छ ।
Comment