सरकार भन्छ- उपत्यकामा जोखिम बढ्यो उच्च सर्तकता अपनाउनुस् « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

सरकार भन्छ- उपत्यकामा जोखिम बढ्यो उच्च सर्तकता अपनाउनुस्



काठमाडौं । उपत्यकामा उच्च सर्तकता अपनाउन सरकारले अनुरोध गरेको छ । सरकारका प्रवक्ता प्रदिप ज्ञवालीद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा यस्तो आग्रह गरिएको हो ।

उपत्यका बाहिर देशभर संक्रमण नियन्त्रण उन्मुख भएतापनि उपत्यकामा जोखिम बढेको उनको भनाई छ ।

देशभरको कुल संक्रमितको आधा संक्रमित संख्या उपत्यकामा नै रहेको भन्दै उनले काठमाडौं आउने तथा जाने काम भरसक नगर्न आग्रह गरे ।

महामारीबाट बचे पुन : दशैँको आशिर्वाद लिन पाइने भन्दै मन्त्री ज्ञवालीले स्वास्थ्य सर्तकता पहिलो प्राथमिकता भएको बताए ।

प्रकाशित : २१ आश्विन २०७७, बुधबार १५:२५