काठमाडाै । सहारा विकास बैंकको नेपाल स्टक एक्सचेन्ज नेप्सेमा शेयर कारोबार रोक्का भएको छ । कम्पनीलाई गरिमा विकास बैंकले गाभ्ने भएसंगै कम्पनीको शेयर कारोबार रोक्का भएको हो ।
यी दुई संस्थाबीच शुक्रबार प्राप्ति समबन्धि सम्झौता भएको थियो । हाल गरिमा विकास बैंकको चूक्ता पुँजी ३ अर्व २३ करोड ८६ लाख रुपैयाँ रहेको छ भने सहारा विकास बैंकको चूक्ता पुँजी २५ करोड ५४ लाख रुपैयाँ रहेको छ ।
Comment