सहारा विकास बैंकको शेयर कारोबार रोक्का « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सहारा विकास बैंकको शेयर कारोबार रोक्का



काठमाडाै । सहारा विकास बैंकको नेपाल स्टक एक्सचेन्ज नेप्सेमा शेयर कारोबार रोक्का भएको छ । कम्पनीलाई गरिमा विकास बैंकले गाभ्ने भएसंगै कम्पनीको शेयर कारोबार रोक्का भएको हो ।

यी दुई संस्थाबीच शुक्रबार प्राप्ति समबन्धि सम्झौता भएको थियो । हाल गरिमा विकास बैंकको चूक्ता पुँजी ३ अर्व २३ करोड ८६ लाख रुपैयाँ रहेको छ भने सहारा विकास बैंकको चूक्ता पुँजी २५ करोड ५४ लाख रुपैयाँ रहेको छ ।

प्रकाशित : १८ आश्विन २०७७, आईतवार १३:४०