विराटनगर । संक्रमितको संख्या बढ्न थाले पछि विराटनगर महानगरपालिकामा शनिबारदेखि लागू हुने गरी दुई साताका लागि लकडाउन गरिएको छ ।
समुदायस्तरमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको निष्कर्षसहित महानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको हो ।
लकडाउन शुक्रबार राति १२ बजेदेखि हुनेछ । महानगरभित्र एक सय जना भन्दा बढी संक्रमित फेला परिसकेका छन् ।
Comment