उपत्यकामा काेराेना संक्रमितकाे संख्‍या बढ्दै,२४ घण्‍टामा ३० जना थपिए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

उपत्यकामा काेराेना संक्रमितकाे संख्‍या बढ्दै,२४ घण्‍टामा ३० जना थपिए



काठमाडौं । पछिल्लाे समय काठमाडौं उपत्यकामा काेराेना संक्रमितकाे संख्‍या बढ्दै गएकाे छ । गत २४ घण्‍टामा उपत्यकामा ३० जना काेराेना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकाका तीन जिल्ला काठमाडाैं, भक्तपुर र ललितपुरमा ३० जना संक्रमित थपिएकाे बताए ।

काठमाडौंका २७, भक्तपुरका १ र ललितपुरका २ जनामा काेराेना संक्रमण पुष्टि भएकाे गाैतमले जानकारी दिए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला टेकुमा गरिएकाे परीक्षणबाट काठमाडाैंका ५, वीर अस्पतालकाे प्रयाेगशालामा गरिएकाे परीक्षणमा काठमाडाैंका १ जनामा काेराेना पुष्टि भएकाे छ ।

त्रिवि शिक्षण अस्पतालकाे प्रयाेगशालामा गरिएकाे परीक्षणबाट काठमाडाैंका २१, भक्तपुरका १ र ललितपुरका २ जनामा संक्रमण पुष्टि भएकाे छ ।

नेपालमा काेराेना संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ । तीमध्ये ६ हजार ५ सय ४७ जना निकाे भएका छन् । काेराेनाले ३५ जनाकाे ज्‍यान लिएकाे छ ।

प्रकाशित : २१ असार २०७७, आईतवार १६:५७