लकडाउनलाई साउन ७ गतेसम्म निरन्तरता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

लकडाउनलाई साउन ७ गतेसम्म निरन्तरता



काठमाडौं । सरकारले आंशिकरूपमा खुलाइएको लकडाउनलाई साउन ७ गतेसम्म निरन्तरता दिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले हाल जारी खुकुलो लकडाउनलाई आगामी साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

सरकारले यसअघि १ असारदेखि लागू हुनेगरी लकडाउनलाई खुकुलो बनाएको थियाे । सरकारले चरणबद्धरूपमा लकडाउनलाई खोकुल्लो बताउँदै जाने नीति लिएको थियो ।

यो निर्णयअनुसार सार्वजनिक सवारी साधन चल्ने छैनन् भने उद्दार बाहेकका हवाई उडान बन्द हुनेछन् । निजी सवारीसाधन जोर विजोर प्रणालीमा चल्नेछन् ।

त्यस्तै अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडान पनि साउन ७ गतेसम्म बन्द राख्ने निर्णय गरिएको एक मन्त्रीले जानकारी दिए ।

प्रकाशित : १५ असार २०७७, सोमबार २१:३३