संसदमा विडारीको चर्को स्वर: बजेट खर्च नसक्ने मन्त्रीहरुले सामूहिक राजीनामा देउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

संसदमा विडारीको चर्को स्वर: बजेट खर्च नसक्ने मन्त्रीहरुले सामूहिक राजीनामा देउ



काठमाडौं । सांसदमा मन्त्रीहरुको कार्यक्षमतामाथि प्रश्न उठेको छ । सांसदहरुले काम गर्न नसक्ने मन्त्रीले राजीनामा दिनुपर्ने माग पनि गरेका छन् ।

राष्ट्रिय सभाको मंगलबार बसेको बैठकमा सदस्य रामनारायण बिडारीले बजेट खर्च नसक्ने मन्त्रीहरुले सामूहिक राजीनामा दिन माग गरे । विनियोजन विधेयकमाथिको छलफलमा बिडारीले असारमा बजेट पारित भएपछि साउनबाट फटाफाट काम नगर्ने मन्त्रीहरुले राजीनामा दिनुपर्ने भन्दै साउनबाटै काम थालेर बजेट खर्च गर्न मन्त्रीहरुलाई के ले छेक्यो भन्ने प्रश्न गरे ।

बिडारीले भने, ‘विकास निर्माणको बजेट ठीक समयमा खर्च होस् भनेर असारमा बजेट पास हुन्छ । अनि साउनबाट फटाफाट काम गरे हुने नि । अनि मन्त्रीलाई काम गर्न के ले छेक्यो ? कुन प्रेत आयो त्याँ कुन भूत आयो त्यो ? किन चैत महिनामा मात्रै अख्तियारी आयो भनेर हल्ला गर्दै हिँड्ने ? यसपाली त कोभिडले चैत खायो, वैशाख खायो, जेठ खायो, असार आयो ।

अब ख्वाम ख्वाम पैसा सिध्याउने काम गर्ने, कागज बनाउन थालियो । यही सरकारले यही पटकबाट यस्तो काम गरोस् । यति पनि गर्न सकेन भने मन्त्रीहरुले सामूहिक राजनीमा दिए हुन्छ । त्यति पनि गर्न नसक्ने । अरुथोक केही गर्नुपरेन । बजेट छुट्ट्याएको छ, संसदले पास गरेको छ । अनि त्यसपछि चैत महिनामा अख्तियारी, फागुनमा अख्तियारी । किन तलब खाएर बसेको रु मन्त्रीले यो कुरा विचार गरुन् ।’

बिडारीले विपक्षीलाई पनि व्यंग्य गर्दै थपे, ‘विपक्षी झन् त्यस्तै । पैसा यहाँ नि बढाउँ, यहाँ नि पुगेन, त्यहाँ नि पुगेन भन्छ । अनि बजेट चाहिँ एक सय रुपैयाँमात्रै राखियोस् मन्त्रालयमा भन्छ । एक सय रुपैयाँ भन्छ अनि यो नि बनाइदे, ऊ नि बनाइदे बजेट पुगेन भन्छ । विपक्षी यस्तै, सत्ताउस्तै । अनि देश कसरी विकास हुन्छ ?’

उनले भने ‘यत्रो छलफल गर्यो, यत्रा दिनको तलब भत्ता ग्वाम–ग्वाम खायौँ । अनि बजेट चाहिँ सरकारले जे ल्यायो त्यही एक रुपैयाँ नि परिवर्तन हुँदैन । यस्तो पनि कहिँ हुन्छ ? यो छलफल नाटक किन गरेको ?’

अर्थ मन्त्री डाक्टर युवराज खतिवडाले दैनिक खर्च धान्न गाह्रो भएको भन्दै दिएको अभिव्यक्तिको पनि उनले आलोचना गर्दै उनले भने, ‘म १५, १६ वर्षको थिए । १६ हजार ऋण छ नेपालीको टाउकोमा भनेर भाषण गर्थे । त्यो ऋण त अहिले पनि बाँकी नै छ रे, ३४ हजार पुग्यो रे । कस्तो सरकार चलाएछन् ? कस्तो ऋण तिरेछन् ? अब त ४० अर्ब खर्च रे, १५ अर्ब आम्दानी रे । अनि तलब पनि विदेशीसँग मागेर खाने रे । अनि हामी परलम्बी हुँदैनौँ भनेर धाक लगाउने ?’

सरकार ढल्ने डरले सांसदहरुलाई विभिन्न नाममा पैसा बाँडेको भन्दै चर्को आलोचना गर्दै उनले भने, ‘सांसदहरुले विरोध गरे सरकार ढाल्छ रे भनेर कहिले ६ करोड डाइरेक्ट, कहिले घुमाएर चार करोड अनि बाटोघाटो भनेर दशरआठ करोड हाल्दिने काम मन्त्रीले ग¥यो । यसबाट देश विकास हुँदैन । त्यसैले बजेट मार्न र बजेट पार्न हुँदैन ।’

प्रकाशित : २ असार २०७७, मंगलवार २०:४४