कोरोना संक्रमणबाट दोस्रो ब्यक्तिको मृत्यु, मृतक युवकलाई मध्यरातमा वान्ता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

कोरोना संक्रमणबाट दोस्रो ब्यक्तिको मृत्यु, मृतक युवकलाई मध्यरातमा वान्ता



काठमाडौँ । नेपालमा कोरोना भाइरस(कोभिड–१९) संक्रमणबाट दोस्रो व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ ।

आइतबार बिहान बाँकेको नरैनापुर क्वारेन्टाइनमा रहेका २४ वर्षिय युवाको मृत्यु भएको थियो ।

उनको स्वाब परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताए ।

नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका युवकको आइतार बिहान पौने ७ बजेतिर मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी बताए ।

नरैनापुर ५ नयाँ बस्तीका ती युवक वैशाख ३० गते भारतबाट आएपछि क्वारेन्टाइनमा बसेका थिए ।
ति युवकलाई राती तीन बजेतिर वान्ता भएको थियो । उनलाई अस्पताल लैजान स्थानीयले एम्बुलेन्सलाई खबर गरेपनि पीपीई नभएका कारण चालकले नेपालगञ्ज लैजान नमानेको स्थानीयले जानकारी दिएका छन् ।

उनको शनिबार मात्रै स्वाब संकलन गरी कोरोनाको लागि पीसीआर परीक्षण गर्न लगिएको थियो ।

प्रकाशित : ४ जेष्ठ २०७७, आईतवार १७:२७