काठमाडौंमा कोरोना परीक्षणः पहिलो दिन कालीमाटी तरकारी बजारका ब्यापारीको परीक्षण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

काठमाडौंमा कोरोना परीक्षणः पहिलो दिन कालीमाटी तरकारी बजारका ब्यापारीको परीक्षण



काठमाडौं । सरकारले काठमाडौंमा आज(बिहीबार)बाट कोरोना परीक्षण गर्ने भएको छ ।

राहत वितरण गर्ने स्वयमसेवक, तरकारी व्यापारी, पत्रकार, सुरक्षाकर्मीलगायतको कोरोना परीक्षणको तयारी गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पहिलो दिन कालीमाटी तरकारी बजारमा रहेका तरकारी व्यापारीको नमूना संकलन गरेर परीक्षण गर्ने मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा मात्र दश हजार जनाको परीक्षण गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सबैलाई लाइनमा राखेर पहिलो व्यक्तिको पीसीआर परीक्षण हुनेछ भने त्यसपछिका दुईजनाको आरडीटी परीक्षण हुनेछ ।

चौथो व्यक्तिको फेरि पीसीआर परीक्षण हुनेछ । कोरोना परीक्षणमा कसैला जेटिभ देखिएमा उसको कन्ट्याक ट्रेसिङ गरेर पीसीआर गर्ने बताइएको छ ।

प्रकाशित : १ जेष्ठ २०७७, बिहीबार १०:४२