नेपालमा एकैदिन ५७ जनामा कोरोना संक्रमण, पर्सामा मात्र ३९ संक्रमित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

नेपालमा एकैदिन ५७ जनामा कोरोना संक्रमण, पर्सामा मात्र ३९ संक्रमित




काठमाडौं । नेपालमा थप ५७ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंका प्रयोगशालामा गरिएको परीक्षणअनुसार नयाँ पुष्टि भएका सबै ५७ जना पुरुषहरु रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जनाएका छन्।

थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना रहेका छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् ।

हालसम्म प्राप्त विवरणअनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित : 12 May, 2020 1:38 pm