यी हुन लकडाउनमा पनि खोल्न पाइने उद्योग तथा व्यवसायहरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

यी हुन लकडाउनमा पनि खोल्न पाइने उद्योग तथा व्यवसायहरु



काठमाडौं । सरकारले थप गरेको लकडाउनको समयावधि आज(शुक्रबार)बाट शुरु भएको छ । जेठ ५ सम्मका लागि थपिएको बन्दाबन्दीको यस अवधिमा सरकारले केही पेशा व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

लकडाउनका बेला संचालन गर्न मिल्ने र नमिल्ने उद्योग, व्यवसायबारे मन्त्रिपरिषदले गरेको निर्णय अनुसार औषधि, स्वास्थ्य सामग्रीजस्ता अत्यावश्यक वस्तुको उत्पादन तथा विक्री वितरण, खाद्यवस्तु लगायतका कृषि तथा पशुपन्छीजन्य उत्पादन तथा विक्री वितरण गर्न पाइने छ ।

खाद्य वस्तुलगायतका कृषि तथा पशुपन्छीजन्य उत्पादन तथा विक्री वितरण, औद्योगिक वस्तुको उत्पादन तथा विक्री वितरण, विकास आयोजनाहरूको सञ्चालनको लागि आवश्यक पर्ने ढुङ्गा गिट्टी, बालुवालगायतका निर्माण सामग्रीको ढुवानी र न्यूनतम बैंकिङ तथा वित्तीय सेवा सुचालू गर्न पनि अनुमति दिइएको हो ।

प्रकाशित : २६ बैशाख २०७७, शुक्रबार ०९:०१