काठमाडौं । दोहोरो बिल जारी गरेवापत बिहीबार दुई बिक्रेतालाई कारवाही गरिएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नियमित बजार अनुगमनका क्रममा खाद्य पदार्थलाई बढी मूल्यमा बिक्री वितरण गरेको र दोहोरो बिल जारी गरेको भेटिएपछि कारवाहीस्वरुप जरिवाना गरिएको जनाइएको छ ।
माकलबारीस्थित राजभण्डारी स्टोर्स र अम्बे ट्रेड सप्लायर्सलाई रु। तीनतीन लाखका दरले जरिवाना गरिएको विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए ।
उनका अनुसार दुवै पसलमा प्यान र भ्याट बिल हुँदा पनि साधा बिल जारी गरिएको भेटिएपछि जरिवाना गरिएको हो । दर्ता नगरी मार्ट सञ्चालन गरेको भेटिएपछि शंखमूलस्थित बेष्ट किनमेल मार्टलाई पनि रु। ५० हजार जरिवाना गरिएको छ ।
त्यस्तै बिहीबार नै बालाजुस्थित भ्याली कोल्ड स्टोर्सले लेवल नराखी मासु बिक्री गरेको भन्दै तीन दिनभित्र आवश्यक कागजपत्र लिएर विभागमा आउन निर्देशन दिइएको उनले जानकारी दिए ।
Comment