काठमाडौं । कोरोना रोकथाम तथा न्यूनीकरण गर्न गठित उच्चस्तरीय समन्वय समितिले ‘लकडाउन’लाई निरन्तरता दिन सरकारलाई सिफारिस गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ बसेको समितिको २३औं बैठकले अत्यावश्यक सेवा सञ्चालन गर्नेगरी लकडाउनको अवधि बढाउन सुझाव दिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीले संक्रमणको जोखिम अझै नसकिएको र नियन्त्रणका लागि सरकारले लिएको लकडाउनको नीति सही भएको ठहर गर्दै अवधि बढाउन सिफारिस गरेको जानकारी दिए ।
स्रोतकाअनुसार लकडाउनको अवधि सातदेखि १० दिन थप्ने तयारी रहेको छ । समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी थिए ।
Comment