खाद्यान्नका लागि आत्तिनु पर्दैन, ६ महिना धान्ने मौज्दात छः मन्त्रालय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

खाद्यान्नका लागि आत्तिनु पर्दैन, ६ महिना धान्ने मौज्दात छः मन्त्रालय



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्यान्नको मौज्दात पर्याप्त रहेको भन्दै आत्तिनुनपर्ने बताएको छ ।

निजी तथा सरकारी क्षेत्रसँग खाद्यान्न, दाल र तेलको मौज्दात रहेको र आयातसमेत भइरहेकोले आत्तिनुपर्ने अवस्था नरहेको मन्त्रालयले जनाएको हो ।

मन्त्रालयले सरकारी तथा निजी क्षेत्रसँग एक लाख ४४ हजार ५०० मेट्रिकटन चामल, एक लाख ५३ हजार मेट्रिकटन नुन र १६ हजार ८१ मेट्रिकटन दाल रहेको दाबी गरेको छ ।

यस्तै, खानेतेल ८१ हजार २१२ लिटर मौज्दात रहेको मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले जानकारी दिइन् । यस अवधिमा नियमित आपूर्ति भइरहेको र अहिलेको मौज्दातले नै ६ महिनालाई धान्ने उनको दाबी छ ।

प्रकाशित : १३ बैशाख २०७७, शनिबार २१:२३