काठमाडौ. । कोरोना भाइरसको संक्रमण फैलिरहेका बेला नेपालमा उदाहरणीय कामको थालनी भएको छ । नेपाल औषधि लिमिटेडले स्यानिटाइजर उत्पादन सुरु गरेको छ । बजारमा स्यानिटाइजरको अभाव भएपछि कम्पनीले उत्पादन सुरु गरेको हो ।
कोरोना संक्रमणको त्रास बढेसँगै यतिबेला बजारमा स्यानिटाजरको माग ह्वात्तै बढेको पाइएको छ । सहज रुपमा स्यानिटाइजर पाउन पनि गाह्रो छ ।
बजारमा देखिएको अभावलाई पूर्ति गर्न सरकार मातहतको नेपाल औषधी लिमिटेडले स्यानिटाइजर उत्पादन सुरु गरेको हो । अहिले १ सय एमएलको १५ देखि २० हजार बोत्तल सम्म उत्पादन थालिएको छ ।
कम्पनीले बजार मागको अवस्था आँकलन गर्न नसक्दा र सम्बन्धित निकायको असहयोगले पूर्ण क्षमतामा काम गर्न नसकेको जनाएको हो । हाल कम्पनीसँग ३० हजार बढि बोत्तल स्यानिटाइजर मौज्दात रहेको छ ।
विश्व स्वास्थ संगठनको मापदण्ड अनुसार कुनै ब्याक्टेरिया वा भाईरस निर्मुल गर्न स्यानिटाइजरमा अल्कोहलको मात्रा ७० देखि ८० प्रतिशत हुनुपर्छ ।
कम्पनीले सोही मापदण्ड अनुसार नै उत्पादन गरिरहेको छ । कम्पनीले उत्पादन गरिरहेका यी स्यानिटाइजर बजारमा विभिन्न्न अस्पताल तथा सरकारी निकायले खरिद गर्न थालेको कम्पनीले जनाएको छ । १ सय एमएलको स्यानिटाइजरको बजार मूल्य १ सय ७५ रुपैंया तोकिएको छ ।
दैनिक ५० हजार बोेत्तल उत्पादन गर्न सक्ने क्षमता भएपनि आगामी दिनमा बजार माग कस्तो हुने हो भन्ने आँकलन गर्न नसक्दा उत्पादनको मात्रा घटाइएको भट्टराईको भनाइ छ ।
Comment