बैंक तथा वित्तीय संस्था परिसंघको महानिर्देशकमा गोपाल तिवारी नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बैंक तथा वित्तीय संस्था परिसंघको महानिर्देशकमा गोपाल तिवारी नियुक्त



काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपालको महानिर्देशकमा गोपाल प्रसाद तिवारी नियुक्त भएका छन्।

वाणिज्य बैंकहरु, विकास बैंकहरु र वित्तीय संस्थाहरुको छाता संगठनको कार्यसमितिको बैठकले तिवारीलाई ४ वर्षका लागि महानिर्देशकमा नियुक्त गरेको हो।

उनले पछिल्लोपटक नेपाल उद्योग वाणिज्य महासंघको निमित्त महानिर्देशक भइ काम गरेका छन्।

तिवारी नेपाल आर्थिक संघको साधारणसभाबाट महासचिवमा निर्विरोध निर्वाचित भएका थिए।

प्रकाशित : 21 January, 2020 11:07 am