काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपालको महानिर्देशकमा गोपाल प्रसाद तिवारी नियुक्त भएका छन्।

वाणिज्य बैंकहरु, विकास बैंकहरु र वित्तीय संस्थाहरुको छाता संगठनको कार्यसमितिको बैठकले तिवारीलाई ४ वर्षका लागि महानिर्देशकमा नियुक्त गरेको हो।
उनले पछिल्लोपटक नेपाल उद्योग वाणिज्य महासंघको निमित्त महानिर्देशक भइ काम गरेका छन्।
तिवारी नेपाल आर्थिक संघको साधारणसभाबाट महासचिवमा निर्विरोध निर्वाचित भएका थिए।





Comment