काठमाडौं । सिटिजन्स बैकले एटिएममा मास्टरकार्ड सेवा सुरुवात गरेको छ । यससंगै मास्टरकार्ड ( Mastercard), मेसट्रो (Maestro) tyf साइरस ( Cirrus) का कार्डहरु बैंकमा एटिएममा चल्ने छन् ।
बैंकले यस अघि नै भिसा तथा युनियन पेको कार्डको कारोबार गर्दै आएको छ । नेपाल भ्रमण बर्ष २०२० को सुरुवात सगै प्रारम्भ गरिएको यस सेवाबाट विशेष गरी नेपाल भ्रमणमा आउने विदेशी पर्यटकलाई लाभ हुने बैंकले विश्वास लिएको छ ।
बैंकले ८५ शाखा, ८५ वटा ए.टि.एम. र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट सेवा प्रदान गर्दै आएको छ ।
Comment