राष्ट्रपति विद्यादेवी भण्डारी ६ दिने विदेश भ्रमणका लागि म्यानमार प्रस्थान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

राष्ट्रपति विद्यादेवी भण्डारी ६ दिने विदेश भ्रमणका लागि म्यानमार प्रस्थान



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी ६ दिने विदेश भ्रमणका लागि म्यानमार प्रस्थान गरेकी छिन् । ४ दिन म्यानमार र २ दिन जापानको राजकीय भ्रमणका लागि उनी आज त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

राष्ट्रपतिको भ्रमण टोलीमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शंकरदास बैरागी, राष्ट्रपति कार्यालयका सचिव हरि पौडेललगायत छन् ।

उनले आफ्नो भ्रमणको सुरुवात म्यानमारबाट गर्ने भएकी छिन् । म्यानमारका राष्ट्रपति ऊ विन मिन्टको निमन्त्रणामा उनी बुधबार त्यसतर्फ प्रस्थान गरेकी छिन् ।

परराष्ट्र मन्त्रालयका अनुसार भण्डारीले त्यहाँका राष्ट्रपति मिन्टसँग दुईपक्षीय वार्ता गर्र्नेिछन् । राष्ट्रपति म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुकीसँग पनि भेट गर्ने्छिन् ।

म्यानमारका राष्ट्रपति मिन्टले आयोजना गर्ने राजकीय भोजमा राष्ट्रपति भण्डारी सहभागी हुनेछिन् । राष्ट्रपति भण्डारीले पिङ ओ लिङमा म्यानमारका नेपालीभाषीसँग पनि भेट्ने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारी कात्तिक २ मा जापान जानेछिन् । उनी त्यहाँका नयाँ राजा नारुहितोको गद्दी आरोहण समारोहमा उपस्थित हुनेछिन् । जापान भ्रमणपछि उनी ६ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित : २९ आश्विन २०७६, बुधबार १२:०९