सुन तोलामा एकैपटक ८०० रुपैयाँले बढ्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सुन तोलामा एकैपटक ८०० रुपैयाँले बढ्याे



काठमाडाै । सुन तोलामा एकैपटक ८०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा बिहीबार छापावाला सुन प्रतितोला ७३ हजार ४०० रुपैयाँ र तेजाबी ७३ हजार १०० रुपैयाँ कायम भएको छ ।

सुनको भाउ मंगलबार तोलामा ९०० रुपैयाँले घटेर छापावाला सुन ७२ हजार ६०० र तेजाबी सुन ७२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । हिजो बुधबार भने सुनको भाउ स्थिर रहेको थियो ।

यो साता कारोबारको पहिलो दुई दिनमै सुन तोलामा २ हजार २०० रुपैयाँले बढेको थियो । जसअनुसार तोलामा सोमबार एकैपटक १ हजार रुपैयाँले बढेर प्रतितोला छापावाला सुन ७३ हजार ५०० रुपैयाँ र तेजाबी सुन ७३ हजार २०० रुपैयाँ पुगेको छ। यो नेपालकै इतिहासमा हालसम्म उच्च मूल्य हो ।

त्यस्तै आइतबार पनि एकै दिन तोलामा १ हजार २०० रुपैयाँले सुनको भाउ बढेको थियो । बजारमा आइतबार छापावाला सुन तोलाको ७२ हजार ५०० र तेजाबी सुन तोलाको ७२ हजार २०० मा कारोबार भएको थियो ।

प्रकाशित : १२ भाद्र २०७६, बिहीबार १४:०५