छठ पर्वमा व्रतालु तथा भक्तजनलाई वर्ल्डलिंकको निःशुल्क पानी र चिया वितरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

छठ पर्वमा व्रतालु तथा भक्तजनलाई वर्ल्डलिंकको निःशुल्क पानी र चिया वितरण




रुपन्देही । छठ पर्वको अवसर पारेर वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले व्रतालु तथा भक्तजनलाई निःशुल्क पानी र चिया वितरण गरेको छ।


रुपन्देहीको शुद्धोधन गाउँपालिका–३ स्थित शिवभार मन्दिर परिसरमा छठ पूजाका लागि पुगेका श्रद्धालु भक्तजन तथा व्रतालुहरूलाई लक्षित गरी कम्पनीले निःशुल्क पानी तथा चिया वितरण कार्यक्रम सञ्चालन गरेको हो।


छठ पर्वमा पूजा तथा आराधनाका लागि मन्दिर परिसरमा भेला भएका भक्तजनलाई सहजता प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको वर्ल्डलिंकले जनाएको छ।


सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको यस किसिमको सहयोगले धार्मिक तथा सांस्कृतिक पर्वका अवसरमा भक्तजनलाई राहत पुग्नुका साथै समुदायसँगको सम्बन्धसमेत थप बलियो बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित : 16 November, 2026 7:22 am