‘प्रमाण विधेयक, २०७५’ पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

‘प्रमाण विधेयक, २०७५’ पारित



काठमाडौं। राष्ट्रियसभा बैठकले ‘प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५’ पारित गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रस्तुत गर्नुभएको उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

यसअघि बैठकले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको ‘प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५ माथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको थियो ।

प्रकाशित : १२ श्रावण २०७६, आईतवार १५:३४