अस्पताल मै अलपत्र « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

अस्पताल मै अलपत्र



उपचार खर्च तिर्न नसक्दा झापाको गौरादह –७ फोगटीका दुई महिला विराटनगरको नोबेल मेडिकल कलेजमा अलपत्र छन् । उपचार खर्च नतिरी अस्पतालले जान नदिएपछि २१ वर्षिया कल्पना सिवा र सोही उमेरकी देउरानी आकृति मोते परियार अलपत्र परेका हुन ।

कल्पनाका पति लीलाबहादुर मोतेले असार २२ मा खुकुरी प्रहार गरेर घाइते भएका उनीहरूलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जले उपचारका लागि नोबेल अस्पतालमा भर्ना गरिदिएको थियो । उपचारपछि दुबै घर जानसक्ने अवस्थामा भएपनि खर्च नबुझाई निस्कन नपाएपछि अस्पतालमै छन् ।

दुबै जनाको बायाँ हात काटिएकाले प्लाष्टर गरिएको छ । टाउको र पाखुराको चोट क्रमशः निको भएका छन् । चिकित्सकले कल्पनालाई मङ्गलबार र आकृतिलाई बिहीबार डिस्चार्ज गरिदिएपनि उपचार खर्च नबुझाई अस्पतालले निस्कन नदिएको बताए ।

‘पैसा तिर्न नसकेर घर जान पाएनौं,’ आकृतिले भनिन, ‘दुबै जनाको उपचार खर्च छुट गरेर एक लाख १० हजारको बील छ ।’ यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको हो ।

प्रकाशित : ११ श्रावण २०७६, शनिबार ०९:१५