काठमाडौं। गृहमन्त्री रामबहादुर थापाले सरकार मुलुकमा शान्ति, सुरक्षा र सुशासन कायम गर्न सफल रहेको दावी गरेका छन्। गृहमन्त्री थापाले सुरक्षा चुनौतीको रुपमा रहेको नेत्रविक्रम चन्द समूहलाई नियन्त्रणमा लिन सरकार सफल भएको दाबी गरे। उनले अति राजनीतिकरण गरिएका कारण निर्मल पन्तको हत्यारा पत्ता लगाउन नसकिएको तर्क गरे।
मंगलबार मन्त्रालयको एक वर्षको कामको समिक्षा र चालू आर्थिक वर्षको कामको कार्ययोजना सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो हत्या प्रकरणको छानवीनको कामलाई सरकारले गम्भिरतापूर्वक अघि बढाइरहेको बताए। अति राजनीतिकरणका लागि सो घटनाको अनुसन्धान प्रभावित भएको गृहमन्त्री थापाको स्पष्टिकरण छ।
गृहमन्त्री थापाले बलात्कारका घटनामा नेपाल प्रहरीले ९५ प्रतिशत सफलता हात पारेको तथ्यांक प्रस्तुत गर्दै सो घटना भने अति राजनीतिकरणको शिकार भएको तर्क गरे। गृहमन्त्री थापाले निर्मला हत्या प्रकरणको छानवीनमा सहयोग गर्न सबै पक्षलाई आह्वान गरे। उनले भ्रष्टाचारमा संलग्न १८ सय ठेकेदारहरुको फाईल कार्वाहीका लागि अख्तियारमा बुझाइएको जानकारी दिए।
Comment