सरकारी तथा निजी अस्पतालका अत्यावश्यक बेडे शुल्क २५ हजार, नियामक निकाय रमिते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

सरकारी तथा निजी अस्पतालका अत्यावश्यक बेडे शुल्क २५ हजार, नियामक निकाय रमिते



काठमाडाै । सरकारी तथा निजी अस्पतालले बिरामीका लागि अत्यावश्यक बेडमा समेत चर्को शुल्क लिँदै आएका छन् । राजधानी दैनिकले समाचार छापेकाे छ ।

ती अस्पतालहरूले बेड शुल्कबापत २ सय रुपैयाँँदेखि २५ हजार रुपैयाँसम्म असुल्ने गरेको पाइएको छ। मनपरी शुल्क असुल्दा पनि सरकारले ती अस्पतालको प्रभावकारी नियमन गर्न सकेको देखिँदैन ।

संविधानले समेत स्वास्थ्यलाई मौलिक अधिकारका रूपमा स्थापित गरेको छ । सरकारी अस्पताल त्रिवि शिक्षण अस्पतालले सामान्य बेडमा दैनिक २५०, आईसीयूमा एक हजार ३ सयदेखि एक हजार ५०० रुपैयाँसम्म लिँदै आएको छ ।

यस्तै, शिक्षण अस्पतालमा सिंगल र डबल क्याबिनका लागि ७५० रुपैयाँ निर्धारण गरिएको छ। मुलुककै पुरानो सरकारी अस्पताल वीर अस्पतालले आईसीयूमा दैनिक ३ हजार रुपैयाँ लिने गरेको छ ।

राष्ट्रिय ट्रमा सेन्टरले जनरल बेडका लागि २५० रुपैयाँ र आईसीयूमा तीन हजार रुपैयाँ निर्धारण गरेको छ। यस्तै, सिभिल अस्पतालले सामान्य बेडका लागि २ सय रुपैयाँ लिने गरेको छ ।

आईसीयू चार्जस्वरूप २ हजार रुपैयाँ र क्याबिनका लागि (सिंगल) ८०० र (डबल) दुई हजार रुपैयाँ लिने गरेको छ ।

चाबहिलस्थित ओम अस्पतालले सामान्य बेडका लागि १ हजार रुपैयाँ तोकेको छ । आईसीयूमा भर्ना भएका बिरामीले ८ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । २ हजारदेखि १० हजार रुपैयाँसम्म क्याबिन शुल्क तोकिएको छ ।

प्रकाशित : २९ असार २०७६, आईतवार ०८:३१