आइपीओः अब १० कित्ता मात्रै किन्न पाइने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

आइपीओः अब १० कित्ता मात्रै किन्न पाइने



काठमाडाै । कम्पनीहरुले जारी गर्ने साधारण शेयर (आइपीओ) अव १० कित्ता मात्रै किन्न पनि पाइने भएको छ । धितोपत्र बोर्डले अवदेखि १० कित्ता आइपीओको लागि मात्रै पनि आवेदन दिन पाउने व्यवस्था गरेको हो ।

यसअघि कम्तिमा ५० कित्ता आइपीओ खरिदको आवेदन दिनुपर्ने व्यवस्था थियो । गरीब तथा विद्यार्थीको सहभागिता बढाउन यस्तो व्यवस्था गरिएको बोर्डले जानकारी दिएको छ ।

१० कित्ता मात्रै आइपीओ किन्न निवेदन दिन पाइने भएपछि अब १ हजार रुपैयाँ हुनेले पनि आइपीओको निवेदन दिन पाउने भएका छन् । यसअघिको व्यवस्था अनुसार ५० कित्ताको निवेदन दिनै पर्ने भएकोले कम्तिमा ५ हजार रुपैयाँ हुनै पर्ने व्यवस्था थियो ।

बोर्डले सवै आवेदकलाई कम्तिमा १० कित्ता आइपीओ दिने पर्ने व्यवस्था गरेको छ ।

प्रकाशित : २७ चैत्र २०७५, बुधबार १७:३९