कात्तिक मसान्तमा करदातालाई सहज, सार्वजनिक बिदामा पनि खुल्ने राजस्व कार्यालयहरू « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

कात्तिक मसान्तमा करदातालाई सहज, सार्वजनिक बिदामा पनि खुल्ने राजस्व कार्यालयहरू



काठमाडौ । सरकारले सोमबार सार्वजनिक बिदा दिए पनि देशभरका राजस्व कार्यालय भने खुला रहने भएका छन्। कात्तिक महिनाको अन्तिम दिन परेकाले राजस्व संकलनका काम प्रभावित नहोस् भन्ने उद्देश्यले आन्तरिक राजस्व विभागले यस्तो व्यवस्था गरेको हो।

विभागले सूचना जारी गर्दै करदाताको सहजताका लागि सार्वजनिक बिदाका दिन पनि कार्यालय सञ्चालन गर्न निर्देशन दिएको छ।

गृह मन्त्रालयले छठ पर्वको भोलिपल्ट अर्थात् कात्तिक ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। तर, सोही दिन महिनाको मसान्तसमेत परेकाले करसम्बन्धी काममा समस्या नहोस् भनेर कार्यालय खुला राख्ने निर्णय गरिएको विभागका निर्देशक बुद्धिप्रसाद आचार्यले जानकारी दिएका छन्।

उनका अनुसार करदाताले गत आर्थिक वर्षको आय विवरण बुझाउन, आर्थिक ऐन २०८३ ले दिएका छुट तथा सुविधाको उपयोग गर्न र पुरानो बक्यौता फरफारक गर्न सक्नेछन्। साथै, अन्तःशुल्क लाग्ने वस्तुको निष्कासनसम्बन्धी काम पनि नियमित रूपमा हुनेछ।

प्रकाशित : 15 November, 2026 8:02 pm