निर्धन उत्थान द्वारा हावाहुरी पीडितलाई १३ लाख वितरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

निर्धन उत्थान द्वारा हावाहुरी पीडितलाई १३ लाख वितरण



काठमाडाै। निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले बारा र पर्साका हावाहुरीपीडित आफ्ना ग्राहक सदस्य घरपरिवारलाई १३ लाख रुपैयाँ नगद राहात वितरण गरेको छ । बारा र पर्सा जिल्लामा चैत १७ गते आएको बिनाशकारी आँधीहुरीबाट प्रभावित व्यक्तिहरु तथा संस्थाका ग्राहक सदस्यहरुकोे जिउधनमा पुर्याएको क्षतिप्रति दुःख ब्यक्त गर्दै फेटा गाउँपालिका वडा नं. १ र ६, प्रसौनी गाउँपालिका वडा नं. ४, स्वर्ण गाउँपालिका वडा नं. ४ र ६, महागढीमाई नगरपालिका वडा नं. ७, देवताल गाउँपालिका वडा नं. ७, परवानीपुर गाउँपालिका वडा नं. ४, वीरगञ्ज महानगरपालिका वडा नं. २१, २२, २७ र २८, कलैया नगरपालिका वडा नं. १३ मा बस्ने ग्राहक सदस्य घरपरिवारलाई १३ लाख बराबरको नगद राहात बितरण गरेको हो  ।

संस्थाले हावाहुरीपीडित ग्राहक सदस्य पहिचान गरी थप राहात तथा सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको छ ।वित्तीय संस्थाले हावाहुरीबाट घर भत्कीएका, हाल सार्वजनिक स्थानमा बस्दै आएका घरमा रहेका खाद्यान्न, लत्ताकपडा साथै पशुपंक्षी नोक्सान भएको तथ्याङ्कको आधारमा शाखा कार्यालयहरु तेलकुंवा, कलैया,प्रर्सौनी,श्रीपुर र परवानीपुर मार्फत उक्त रकम उपलब्ध गराइएको बताएको छ ।

संस्थाले ग्राहक संरक्षणका सिद्धान्त बमोजिम बिभिन्न समयमा आउने प्राकृतिक प्रकोपबाट पिडित परिवारलाई राहतका साथै बिभिन्न सहयोग निरन्तर गर्दै आएको छ ।

प्रकाशित : २४ चैत्र २०७५, आईतवार १७:३५