मुक्तीनाथ बैंककाे खुद मुनाफा ४० करोड ४८ लाख रुपैयाँ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मुक्तीनाथ बैंककाे खुद मुनाफा ४० करोड ४८ लाख रुपैयाँ



काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासमा खुद मुनाफा ४० करोड ४८ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ५३ दशमलव १२ प्रतिशतले वृद्धि गरेको हो । गत वर्षको सोहिअवधिमा नाफा २६ करोड ४३ लाख रुपैयाँ कमाएको थियो ।

अघिल्लो वर्षको दोस्रो त्रैमासमा २ अर्ब ५९ करोड १७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको मुक्तिनाथ विकास बैंकले १८ दशमलव २५ प्रतिशत वृद्धि गरी ३ अर्ब ६ करोड ४७ लाख रुपैयाँ पुर्याएको छ । बैंकको जगेडा कोषमा ८५ करोड ४९ लाख रुपैयाँ छुट्याएको छ । बैंकले निक्षेपमा ३८ अर्ब १३ करोड ८२ लाख संकलन गरी कर्जामा ३२ अर्ब ९७ करोड ८१ लाख रुपैयाँ लगानी गरेको छ ।

बैंकको खुद व्याज आम्दानी ५३ दशमलव ७६ प्रतिशतले बढेर ८५ करोड ८७ लाख रुपैयाँ र संचालन मुनाफा ५४ दशमलव ७० प्रतिशतले बढेर ६२ करोड ५५ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा १० करोड ४४ लाख रुपैयाँ राखेको छ । भने खराब कर्जा ७२ लाख रुपैयाँ उठाएको छ ।

बैंकको जोखिम युत्त सम्पति १३ दशमलव ७८ प्रतिशत, निष्क्रिय कर्जा शून्य दशमलव ०५ प्रतिशत, प्रतिशेयर आम्दानी (वार्षिक) २६ दशमलव ४२ रुपैयाँ, मूल्य आम्दानीको अनुपात (वार्षिक) १३ दशलमव ३२ गुणा, प्रतिशेयर नेटवर्थ १२७ दशमलव ८९ रुपैयाँ र तरलता अनुपात २३ दशमल ७७ प्रतिशत रहेको छ ।

प्रकाशित : १६ माघ २०७५, बुधबार १३:२०