कनेक्ट आईपीएसले घट्यो कारोबारको शुल्क « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

कनेक्ट आईपीएसले घट्यो कारोबारको शुल्क



काठमाडौं । नेपाल क्लियरिङ हाउसले कनेक्ट आईपीएस प्रणालीको कारोबार शुल्क घटाएको छ। नेपाल क्लियरिङ्ग हाउसले मंसिर ७ गते बाट लागू हुने गरी कनेक्टआईपीएस प्रणालीको कारोबार शुल्क घटाएको हो ।

नयाँ कारोबार शुल्क अनुरूप बैंक तथा वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकका ग्राहकले अब कारोबार रकम बमोजिम प्रतिकारोबार २ रुपैयाँदेखि ८ रुपैयाँसम्म मात्रै सेवा शुल्क भुक्तानी गर्न पाउने छन्। यसअघि रकमको आधारमा न्यूनतम २ रुपैयाँदेखि अधिकतम १५ रुपैयाँसम्म शुल्क लाग्ने गथ्र्यो ।

अब भने ग्राहकले ५ सयसम्मको भुक्तानीमा प्रति कारोबार शुल्क २, र ५ सयभन्दा माथि ५ हजारसम्म प्रतिकारोबार शुल्क ४ र ५ हजारभन्दा माथिको भुक्तानी रकममा कारोबार शुल्क ८ रुपैयाँ मात्रै तिरे पुग्छ। यसले ग्राहकलाई एनसीएचएलका कनेक्ट आईपीएस वेब, मोबाइल एप, बैंकरवित्तीय संस्थाका मोबाइलरइन्टरनेट बैंकिङ वालेटमा फन्ड लोड विड्रलगायतका विभिन्न भुक्तानी गर्न थप सहज हुनेछ।

कनेक्ट आईपीएसबाट सरकारी राजस्व भुक्तानीमा भने पहिले नै प्रतिकारोबार शुल्क २ देखि ५ कायम थियो। हालै नेपाल राष्ट्र बैंकबाट बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङमा कारोबर शुल्क १० देखि अधिकतम ३० रुपैयाँसम्म तोकिएको थियो। कारोबार शुल्कमा गरिएको यस परिवर्तनले वैकल्पिक च्यानलमार्फत गरिने रियल टाइम भुक्तानीलाई थप टेवा पुग्ने एनसीएचएलले जनाएको छ ।

प्रकाशित : १५ मंसिर २०७८, बुधबार १२:५२