निक्षेप तथा कर्जा सुरक्षण कोषको सीईओमा पिताम्बर भण्डारी नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

निक्षेप तथा कर्जा सुरक्षण कोषको सीईओमा पिताम्बर भण्डारी नियुक्त



काठमाडौं । सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक पिताम्बर भण्डारीलाई नियुक्त गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको सिफारिसमा भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको हो। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार उनलाई नियुक्तिपत्र प्रदान गरेका छन्।

नेपाल राष्ट्र बैंकमा करिब २५ वर्ष काम गरेका भण्डारीसँग मौद्रिक व्यवस्थापन, वित्तीय संस्था सुपरिवेक्षण, आर्थिक अनुसन्धान तथा जोखिम व्यवस्थापनको अनुभव छ। उनी सन् २०१८ मा राष्ट्र बैंकको कार्यकारी निर्देशक बनेका थिए।

उनले राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन, वित्तीय संस्था सुपरिवेक्षण तथा संस्थागत योजना र जोखिम व्यवस्थापन विभागको नेतृत्व गरिसकेका छन्। सन् २०१९ देखि २०२० सम्म उनी निक्षेप तथा कर्जा सुरक्षण कोषको सञ्चालक समिति सदस्यसमेत थिए।

अर्थशास्त्रमा स्नातकोत्तर गरेका भण्डारीले बेलायतको ब्राडफोर्ड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय अर्थशास्त्रमा एमएस्सी गरेका छन्।

प्रकाशित : 5 November, 2026 4:50 am