सानिमा लाईफ इन्स्योरेन्सको कन्चन विकास बैक र सृजनशिल सहकारी संग वीमा सम्वन्धि संझौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सानिमा लाईफ इन्स्योरेन्सको कन्चन विकास बैक र सृजनशिल सहकारी संग वीमा सम्वन्धि संझौता



काठमाडौ । सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडले कञ्चन विकास बैक, महेन्द्रनगर तथा सृजनशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेड कन्चनपुर संग वीमा सम्वन्धि संझौता गरेको छ ।

महेन्द्रनगरमा छुटाछुटै आयोजीत संझौता हस्ताक्षर कार्यक्रममा इन्स्योरेन्स कम्पनीका तर्फ बाट महाप्रबन्धक शिवराम तिमिल्सीना, कञ्चन बिकास बैकका तर्फबाट बैकका प्रमुख कार्यकारी अधिकृत विरुराम जैशी तथा सृजनशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडीका तर्फबाट सहकारीका प्रमुख कार्यकारी अधिकृत मदन भट्ट ले हस्ताक्षर गरे ।

उक्त संझौता अनुशार दुवै संस्थाहरुको सम्पुर्ण शाखाहरु बाट ग्राहक हरुले सानिमा लाईफ इन्स्योरेन्स लि को उत्कृष्ट वीमा सेवा उपभोग गर्न सक्ने छन । उक्त कार्यक्रमहरुमा कम्पनीका मुख्य प्रबन्धक गणेश चौलागाई, वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ, क्षेत्रिय प्रबन्धक गणेश उप्रेती तथा शाखा प्रमुख रोशन भट्ट लगाएतको उपस्थीती रहेको थियो ।

प्रकाशित : १५ माघ २०७५, मंगलवार १८:३७