ज्योति विकास बैंकको नयाँ शाखा सिन्धुली बजारमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ज्योति विकास बैंकको नयाँ शाखा सिन्धुली बजारमा



काठमाडौं । ज्योति विकास बैंकले सिन्धुली जिल्लाको सिन्धुली बजारमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले मंगलबार एक कार्यक्रमका बीच कमलामाई नगरपालिका वडा नं ६ मा उक्त नयाँ शाखा संचालनमा ल्याएको हो ।

सिन्धुलीबजारमा रहेको नयाँ शाखा औपचारिक रुपमा प्रमुख अथिति सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अम्रेश चन्द्र बैदार तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले उद्घाटन गरेका हुन ।

हाल बैंकले ८५ वटा शाखा कार्यालय तथा २२ वटा एटिएममार्पmत सेवा उपलव्ध गराउँदै आईरहेकोछ भने यसै आर्थिक वर्ष भित्र थप ५ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम संचालनमा ल्याउने प्रक्रियामा रहेको जानकारी दिएको छ ।

प्रकाशित : १५ माघ २०७५, मंगलवार १८:१९