एभरेष्ट इन्स्योरेन्स १ लाख ९७ हजार ७१७ कित्ता शेयरको लिलामीबाट बिक्री गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एभरेष्ट इन्स्योरेन्स १ लाख ९७ हजार ७१७ कित्ता शेयरको लिलामीबाट बिक्री गर्ने



काठमाडौ। एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले १ लाख ९७ हजार ७१७ कित्ता शेयरको लिलामीबाट बिक्री गर्ने भएको छ ।

यो बीमा कम्पनीले गत मंसिर १६ गतेदेखि पुस २२ सम्म खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेका र बिक्री गर्न बाँकी रहेका शेयरको लिलामीबाट बिक्री गर्ने भएको छ ।

यो कम्पनीले न्युनतम एक सयर रुपैयाँ कबोल गरेर यसको शेयरका लागि आवेदन दिन सक्ने छन् । यसको शेयर आवेदन यही माघ २१ गतेदेखि २८ गतेभित्र दिनुपर्ने छ ।

शेयर आवेदन दिन सिद्धार्थ क्यापिटल लिमिटेड र सिद्धार्थ बैंक लिमिटेडका शाखा कार्यालयहरु विराटनगर, सुर्खेत, वीरगन्ज, पोखरा, बुटवल र धनवढीबाट दिन सकिने छ । यसको बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड हो ।

प्रकाशित : १४ माघ २०७५, सोमबार ०९:१०